पोखराको न्युरोडबाट तनहुँका एक व्यक्ति लागुऔषध सहित पक्राउ

पोखराको न्युरोडबाट तनहुँका एक व्यक्ति लागुऔषध सहित पक्राउ

ashok magar

पोखरा –  पोखराको न्युरोडबाट एक व्यक्ति लागुऔषध सहित पक्राउ परेका छन्

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले गएको सोमबार दिउँसो अन्दाजी ४ बजेको समयमा तनहुँ जिल्ला ब्यास नगरपालिका -८ घर भई हाल पोखरा -८ न्यूरोड बस्दै आएका ३० वर्षीय अशोक वाचे मगरलाई पक्राउ गरेको हो

मगरले कोठामा लुकाई राखेको डाईजापाम १०० एम्पुल, फेनेरागन १०० एम्पुल, ब्रुफिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागुऔषध र मोवाईल १ थान प्रहरीले वरामद गरेको छ

पक्राउ परेका उनीमाथि लागुऔषध कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी  आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds