बिग बास लिग खेल्न सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

बिग बास लिग खेल्न सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

Sandeep-Lamichhane-at-TIA

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पीनर सन्दीप लामिछाने अष्ट्रेलियामा भइरहेको बिग बास लिग (बीबीएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्नका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

सन्दीप बिहान ११ बजे कतार एअरवेजबाट अष्ट्रेलिया प्रस्थान गरेका हुन् । अष्ट्रेलियामा बिग बास लिग यसअघि नै सुरु भइसकेको भएपनि सन्दीप भने आज मात्र अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।

सन्दीपले यस सिजन नयाँ टिम होबार्ट हुरिकेन्सबाट लिग खेल्दैछन् । यसअघि दुई सिजन उनले मेलवर्न स्टार्सबाट खेलेका थिए । जहाँ उनले दुई सिजनमा कूल २६ विकेट लिएका थिए ।

सन्दीप बुधबार अष्ट्रेलियाको एडेलेइड पुग्नेछन् । अष्ट्रेलियन सरकारको नियम अनुसार विदेशबाट गएका खेलाडी त्यहाँ १४ दिन क्वारेन्टिन बस्नुपर्नेछ । सन्दीपले पनि त्यो नियम पालना गर्नुपर्नेछ र त्यसपछि होबार्टसँग जोइन हुनेछन् ।

यसक्रममा सन्दीपले होबार्टको कूल ६ खेल गुमाउने छन् । होबार्टले दुई खेल खेलिसकेको छ । मंगलबारै होबार्टले आफ्नो तेस्रो खेल खेल्दैछ । होबार्टले सुरुवाती दुई खेलमा जित हात पारेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds