पशुपतिनाथ मन्दिर भोलिदेखि खुल्ने, आज क्षमा पूजा

पशुपतिनाथ मन्दिर भोलिदेखि खुल्ने, आज क्षमा पूजा

pashupati

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द काठमाडौंको पशुपतिनाथ मन्दिर भोलि (बुधबार) बाट खुल्ने भएको छ ।

आज (मंगलबार) बिहान क्षमा पूजा गरी बुधबारदेखि दर्शनार्थीहरुका लागि मन्दिर खुल्ला गरिने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

पहिलो चरणमा पश्चिम ढोकाबाट दर्शनार्थीहरुलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइने छ । दर्शनार्थीहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ ।

दर्शनार्थीहरुका लागि मन्दिर खोलिए पनि विशेष पूजा र मन्दिरभित्र भजनकीर्तिन भने तत्काल नहुने डा. ढकालले बताए ।

नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको भन्दै विश्व हिन्दू महासंघको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा सांकेतिक विरोध गर्दै आएका थिए । मन्दिर खोल्नुपर्ने माग गर्दै आएका संस्थाले पनि मंगलबार पशुपति प्रांगणमा विशेष पूजा गर्ने तयारी गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds