पोखरा – सोमबार पोखराका ६८ सहित गण्डकीका थप ८६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुसार गण्डकीका २१२ जनामा गरिएको परीक्षण मध्ये थप ८६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज थपिएका संक्रमित प्रदेशका चार जिल्लाका छन् । जसमा कास्कीको पोखरा महानगरका ६८, तनहुँमा ६, नवलपुरमा १० जना र स्याङ्गजाका २ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ । आज कास्कीका १३५ जनाको नमुना परीक्षण गर्दा ६८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै जाँदा गण्डकी प्रदेशभरबाट परीक्षण भने ३ सयको हाराहारीमा मात्र हुन थालेको छ ।
आज थप भएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १३ हजार ४ सय २१ पुगेको छ ।जसमा सक्रिय संक्रमित १ हजार ५ सय ६१ जना छन् ।
यस्तै पछिल्लो २४ घन्टामा गण्डकीबाट ५ जना कोरोनामुक्त भएका छन् । यो संगै, हालसम्म कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या ११ हजार ६ सय ७६ पुगेको छ ।
आज गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु संख्या छैन । कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १८४ नै रहेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन