पोखरा – आइतबार कास्कीका ५४ सहित गण्डकीमा थप ८४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका ३७५ जनामा गरिएको परीक्षणमा थप ८४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशको जिल्लाका छन् । जसअन्तर्गत कास्कीमा ५४, तनहुँमा १२, गोरखामा १, लमजुङमा ५, स्याङ्गजामा ४, पर्वतमा १, बाग्लुङमा ६ र म्याग्दी जिल्लाका १ जनाको रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएका संक्रमित संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १३ हजार ३ सय ५५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट एकैपटक ३ हजार ९ सय ७३ जना कोरोनामुक्त भएका छन् । गण्डकीमा एकै पटक ठूलो संख्यामा कोरोनामुक्त हुनेको संख्या यो पहिलो हो । यो संगै, कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या ११ हजार ६ सय ७१ पुगेको छ ।
कोरोना मुक्त भई घर फर्किनेको संख्या बढे संगै गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ८० मा झरेको छ ।
आइतबार पनि गण्डकीमा थप २ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका -१७ निवासी ७४ वर्षीया वृद्ध र तनहुँ जिल्ला म्याग्दे गाउँपालिका -२ निवासी ६० वर्षीय पुरुष रहेका छन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८४ पुगेको निर्देशनालयका प्रमुख डा .विनोद विन्दु शर्माले जानकारी दिए ।


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो