नेपाली काँग्रेस तनहुँले भोलि १० हजार बढी कार्यकर्ता दमौलीको सडकमा उर्ताने

नेपाली काँग्रेस तनहुँले भोलि १० हजार बढी कार्यकर्ता दमौलीको सडकमा उर्ताने

Tanahun Congress Sadak

तनहुँ । नेपाली काँग्रेस तनहुँले मङ्सिर २९ गते(भोलि) दमौलीमा विशाल विरोध सभा गर्ने भएको छ । कांग्रेस तनहुँले शनिबार दमौलीमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो ।

कम्युुनिष्ट सरकारको अधिनायकवादी चिन्तन र व्यवहार विरुद्ध सङ्घर्षको लागि र प्रतिगमनको आकांक्षा र सबै खाले भ्रष्ट्राचार एवं बेथिती विरुद्ध एक ढिक्का भएर सडक देखि सदनसम्म प्रस्तुत हुने पत्रकार सम्मेलनमा बताईएको थियो ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानले सरकार र प्रशासनिक सयन्त्र प्रतिगमन तर्फ उन्मुख भएको बताए । नेपाली राजनीतिक आन्दोलनमा डेढ दशक वर्ष जेल परेको, शान्ति प्रक्रियामा धेरै योगदान दिएको व्याक्ति वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी भई भएको कार्यक्रमलाई विथोल्न निषेध आज्ञा हुन्छ भने देशभरको अवस्था के होला भनेर कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने भने निषेध आज्ञाको प्रतिकार गरिएको हो’ ।

वरिष्ठ नेता पौडेललाई जिल्ला समन्वयन समिति, स्थानीय सरकार, जनताले सबैले स्वागत गरेको अबस्थामा जुन किसिमको दमन भयो लोकतन्त्रका विरुद्धमा चलिएको कमद भएको सभापति न्यौपानेले आरोप लगाए । संसद बन्द हुने कुरा, ऐनहरु नआउने र अध्यादेशको यात्रामा जाने कुरा अख्यियार संवैधानिक नियुत्त गर्ने कुरामा अलमल पार्ने काम भएकाले लोकतन्त्र र संरक्षणको आन्दोलनको रुपमा अभियानको रुपमा प्रेरित गरिएको उनले बताए ।

राजावादीहरुले शुक्रबार गरेको आन्दोलनको सम्बन्धमा पनि कांग्रेसले पत्रकार सम्मेलनमा धारणा राखेको छ । व्यत्तिपरक राजाको पक्षमा आन्दोलन गरिएको लागि सुरक्षा दिनु तर जिल्लामा भएको आन्दोलनलाई लाठी बर्साउने गरेकोले प्रतिगमनको यात्रालाई साथ दिएको सभापति न्यौपानेको भनाई थियो । ‘संविधान मर्म र भावाना विपरित र एउटा निश्कर्षमा पुगिसकेको अभियानलाई सुरक्षा दिने सरकारको ध्यान कता गईरहेको सम्पूर्ण प्रशासन यन्त्रका प्रतिगमनको यात्रामा सहभागी, जाल र षडेन्त्र भईराखेका छन् ’ सभापति न्यौपानेले बताए ।

नेपाली कांग्रेसले दमौलीमा मंगलबार गर्ने सरकारविरुद्धको प्रदर्शनलाई शक्ति प्रदर्शनका रुपमा लिने भएको छ । पार्टीले १० वटै तहका स्थानीय समितिलाई दमौलीमा हुने प्रदर्शनमा सहभागीताका लागि आवश्यक तयारी गर्न भनेको छ ।

पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल बुल्दी पुलको उद्घाटनका लागि गए पछि भएको धरपकड लगत्तै कांग्रेसले देशव्यापी रुपमा सो घटना तथा सरकारका गतिविधि विरुद्ध आन्दोलन घोषणा गरेको थियो ।

२९ मंसीरमा देशैभर हुने प्रदर्शनका लागि तनहुँमा पार्टी केन्द्रले केन्द्रीय सदस्य तथा पूर्व मन्त्री डा. मीनेन्द्र रिजाललाई प्रतिनिधि तोकेको छ । जिल्ला कार्य समितिको बुधबारको बैठकले पनि विरोध सभालाई सफल पार्ने निर्णय गरेको थियो । मंसिर १७ गते वरिष्ठ नेता पौडेल र जिल्लाका नेताहरु माथि सरकारले गरेको दमनकारी व्यवहारको अतिरिक्त देशका विभिन्न भागमा भएका विभेद, पक्षपात, र सर्वसक्ताबादका विरुद्ध, कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, अकर्मण्यताका विरुद्ध, स्वास्थ्य सामग्री खरीदमा गरिएको भ्रष्ट्राचार काण्ड र वेथितिका विरुद्ध विरोध पर्दशनको आयोजना गरिएको पार्टीका कार्यबाहक सभापति जीतप्रकाश आले, सचिव विश्व वास्तोलाले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । विरोध सभामा १० हजार भन्दा बढी कार्यकताको सहभागी हुने आयोजकको दाबी रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds