शुक्रबार कास्कीका ४० सहित गण्डकीमा थप ५६ जनामा कोरोना पुष्टि, ३५ जना कोरोनामुक्त

शुक्रबार कास्कीका ४० सहित गण्डकीमा थप ५६ जनामा कोरोना पुष्टि, ३५ जना कोरोनामुक्त

IMG_6106

पोखरा – शुक्रबार कास्कीका ४० सहित गण्डकीमा थप ५६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकी प्रदेशका जम्मा ४८३ जनामा गरिएको परीक्षण मध्ये थप ५६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ६ जिल्लाका छन् । जस अन्तर्गत कास्कीमा ४० जना, गोरखामा २ जना, लमजुङमा ८ जना, स्याङ्गजामा ४ जना, बाग्लुङमा १ जना र म्याग्दी जिल्लाका १ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तीमा जनाइएको छ ।

कास्कीमा आज पुष्टि भएका मध्ये १ जना रुपा गाउँपालिकाका हुन् भने, अन्य सबै पोखरा महानगरका हुन् ।

आज पुष्टि भएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १३ हजार १ सय ३५ पुगेको छ । हाल प्रदेशभर ५ हजार ३ सय ५८ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ३५ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनाबाट मुक्त हुनेको संख्या ७ हजार ५ सय ९६ पुगेको छ।

शुक्रबार पनि गण्डकीमा थप एकजना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । मृतक पोखरा महानगरपालिका -१० निवासी ७५ वर्षीय वृद्ध रहेका छन् ।

यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८१ पुगेको निर्देशनालयले जनाएको छ।

गण्डकीका अस्पतालहरुमा आइसीयु र भेन्टिलेटरको अवस्था !  

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ