पोखराको बगरमा एक पुरुष मृत अवस्थामा फेला

पोखराको बगरमा एक पुरुष मृत अवस्थामा फेला

death-body

पोखरा – पोखरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

पोखरा महानगरपालिका -१ बगर स्थित माछापुछ्रे बैंक नजिकै अन्दाजी ६० वर्षीय पुरुष मुखबाट रगत बगिरहेको अचेत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

स्थानीयको जानकारी लगत्तै खटिएको प्रहरीको टोलीले उनलाई तत्काल उपचारका लागि पश्‍चिम क्षेत्रिय अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

उक्त पुरुष पोखरामा मागेर खाँदै हिंड्ने, काहुँ खोला घर बताउने र मगर बुढा भनेर बोलाइने गरेपनि वास्तविक पहिचान भने नखुलेको प्रहरीले जनाएको छ  । घटनाका बिषयमा अनुसन्धान भैरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ