काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते सडकमा आउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।
कांग्रेस वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकमा प्रदर्शनको तयारीबारे छलफल भएको थियो । बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन अपील गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
उनले भने, ‘कोरोनाको महामारीका बेला पनि सरकार र सत्तारुढ पार्टी सत्ताको द्वन्द्वमा केन्द्रीय छ । त्यसले हामी २९ गते प्रदर्शन गर्दैछौं र त्यसमा सहमति हुन अपील गरेका छौं ।’
सरकारले अधिनायकवादी आकांक्षा प्रस्तुत गरेको र त्यही क्रममा पौडेलमाथि धरपडक भएको भन्दै कांग्रेसले २९ मंसिरको प्रदर्शनमा यसलाई पनि मुद्दा बनाएको छ ।
सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार कांग्रेसले सडक आन्दोलनलाई निरन्तरता दिने छ । ‘२९ गतेको प्रदर्शन प्रारम्भिक मात्र हो, त्यसपछि अरु कार्यक्रम पनि गर्ने सल्लाह भएको छ’ उनले भने ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो