बेहुलीलाई कोरोना संक्रमण भएपछि पीपीईमै विवाह, दुबै आइसोलेसनमा

बेहुलीलाई कोरोना संक्रमण भएपछि पीपीईमै विवाह, दुबै आइसोलेसनमा

india-covid-wedding

एजेन्सी । भारतको राजस्थानमा एक जोडीले पीपीई सेटमै विवाह गरेका छन् । गत आइतबार विवाह सुरु हुनुअघि बेहुलीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैले कोरोना संक्रमणबाट बच्न बेहुला बेहुली दुवैले पीपीई लगाएका थिए । साथै विवाहमा सहभागी अन्य मानिसहरुले पनि पीपीई लगाएका थिए । उनीहरुको विवाह राजस्थानको बरानमा रहेको एक कोभिड–१९ क्वारेन्टिन सेन्टरमै भएको थियो ।

यज्ञमा पीपीईसहित बसेका बेहुला र बेहुलीले पीपीई बाहिरैबाट एकअर्कालाई वरमाला लगाइदिएका थिए । उनीहरुले भाइजर र मास्क पनि लगाएका थिए । उनीहरुलाई विवाह गराउने पुरोहितले पनि पीपीई सेट लगाएका थिए । बेहुला र बेहुलीको नाम भने खुलाइएको छैन । बेहुली बनेकी युवती र उनको परिवारलाई कोरोना संक्रमण देखिएपछि कोभिड–१९ सेन्टरमा राखिएको स्वास्थ्य अधिकारी राजेन्द्र मीनाले बताए । ‘हामीले दुवै पक्षका परिवारहरुसँग परामर्श गर्‍यौं र उनीहरु क्वारेन्टिन सेन्टरमा नै छोटोरुपमा विवाह सकाउन राजी भए’, उनले भने ।

विवाहपछि बेहुला र बेहुली दुवैलाई आइसोलेसनमा राखिएको छ ।

स्रोत : सीएनएन

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds