पोखराका ३ र तनहुँका एकसहित थप ४ जना कोरोना संक्रमितको मृत्यु

पोखराका ३ र तनहुँका एकसहित थप ४ जना कोरोना संक्रमितको मृत्यु

deathh corona

File Photo

पोखरा । पोखरामा उपचारका क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुधबार र बिहीबार उपचारकै क्रममा थप ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-१० का ८१ वर्षीय पुरुषको बिहीबार बिहान ३ बजे उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका-८ का ७४ वर्षीय कोरोना संक्रमित पुरुषको पनि बिहीबार बिहान सवा ३ बजे पोखराको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो

अन्य दुईजनाको भने बुधबार उपचारका क्रममा पोखरामै मृत्यु भएको हो । पोखरा महानगरपालिका-१३ का ५१ वर्षीय पुरुषको बुधबार बिहान साढे ५ बजेतिर फिस्टेल अस्पताल र वडा नम्बर ७ का ६५ वर्षीय पुरुषको बुधबार साँझ ७ बजे मृत्यु भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ