तनहुँ । तनहुँमा धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकुल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो ।
यस वर्ष तनहुँमा १२ हजार ६ सय हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.९ मेट्रिक टनका दरले ५० हजार १४८ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुल प्रसाद तिवारीले जानकारी दिए । उनले भने ’यसवर्ष मौसम अनुकूल संगै रोगकिराको प्रकोप कम भएको र समयमै पर्याप्त वर्षा भएकाले धान उत्पादन बढेको हो ।’
कोरोनाले गर्दा गाउँघर मै फर्किएर बाझो जमिन र टारी खेतमा खेती गर्ने बढेकाले धेरै क्षेत्रफलमा धान रोपिएको प्रमुख तिवारीले जानकारी दिए ।
गतवर्ष १२ हजार ४ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.९ मेट्रिक टनका दरले ४७ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको थियो ।
तनहुँमा सावित्री, रामधान, स्थानीय वास्मती लगायतको धान लगाउने गरिएको छ । गतवर्ष भन्दा धान उत्पादनमा वृद्धि भएपनि सोचअनुसार नबढेको प्रमुख तिवारी बताउँछन् ।
यसवर्ष बाढीले १५० हेक्टर क्षेत्रफलमा क्षती पु¥याएको उहाँले बताए । त्यस्तै रासायनिक मलको कमिले पनि उत्पादनमा असर पु¥याएको उनले जानकारी दिए ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो