हत्या गरिएका असई र जवानको मरणोपरान्त बढुवा, ७ वर्षसम्म खाईपाई तलब दिएर बढुवा पेन्सन दिइने

हत्या गरिएका असई र जवानको मरणोपरान्त बढुवा, ७ वर्षसम्म खाईपाई तलब दिएर बढुवा पेन्सन दिइने

police sad

विभत्स हत्या गरिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको मरणोपरान्त १ तह पदोन्नती गरिएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरका अनुसार हत्या गरिएका प्रहरी सहायक निरीक्षक बिक र जवान साउदको नियमानुसार पाउने आर्थिक सुविधासहित मरणोप्रान्त १र१ तह पदोन्नती गरिएको हो ।

प्रहरी सहायक निरीक्षक बिक प्रहरी नायब निरीक्षकमा र जवान साउद प्रहरी हवल्दारमा पदोन्नती भएका छन्। योसँगै उनीहरुको परिवारले अबको ७ वर्षसम्म खाईपाई आएको तलबभत्तासमेत पाउने छन भने ७ वर्षपछि परिवारले पेन्सन सुविधा पाउनेछन्।

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउदको शव मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ