७० वर्षीया बृद्धाको बलात्कारपछि हत्या गरी आफै प्रहरीलाई खबर गर्ने ३५ वर्षीय युवक पक्राउ

७० वर्षीया बृद्धाको बलात्कारपछि हत्या गरी आफै प्रहरीलाई खबर गर्ने ३५ वर्षीय युवक पक्राउ

70yr

झापाको मेचीनगर–१३ चारआलीस्थित पाउँपाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि एक वृद्धाको बलात्कारपछि हत्या भएको छ।

अर्जुनधारा–११ की ७० वर्षीया माइना हस्दाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ। वृद्धाको शव राजमार्गको कल्भर्टमुनि बिहीबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा भद्रपुर–४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरेको छ। पक्राउ परेका पुरूष आफैंले वृद्धाको शव भेटिएको खबर प्रहरीलाई दिएका थिए।

बिर्जाले बुधबार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन्।घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरू गरेको झापा प्रहरीका प्रवक्ता राकेश थापाले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds