पोखरा । अनलाइनमार्फत खानेकुराहरुको डेलिभरी गर्ने प्लेटफर्म ‘फुडमान्डु’ को डाटा ह्याक गर्ने युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।
फुडमान्डुको डाटा ह्याक गरेको आरोपमा नवलपरासी पश्चिम घर भई हाल काठमाडौ महानगरपालिका-२६ रानीबारी बस्ने १९ वर्षीय दिनेश तिवारी पक्राउ परेका ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए ।
‘अदालतबाट पक्राउ पुर्जी लिएर तिवारीलाई पक्राउ गरेका हौं,’ एसएसपी अर्यालले भने, ‘तिवारीमाथि थप अनुसन्धान भइरहेको छ ।’
फुडमान्डुको वेवसाइटका ग्राहकको व्यक्तिगत विवरण चोरिएको प्रकरणमा साइबर ब्यूराले अनुसन्धान थालेको थियो । फुडमान्डुको वेबसाइटमा साइबर आक्रमण हुँदा ५० हजार ग्राहकको व्यक्तिगत विवरण चारी गरेको कम्पनीले जनाएको छ ।
साइबर आक्रमण ह्याकरले केबल ग्राहकको व्यक्तिगत विवरण चोरेको थियो । कम्पनकिा अनुसार गतवर्ष भएको साइबर हमलाबाट ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको हो ।
यसअघि २२ मंसिरमा ब्यूरोले लोकसेवाको सर्भर ह्याक गरेर ९ हजार एसएमएस पठाउने ३ जना पक्राउ गरेर सार्वजनिक गरेको छ । ब्यूरोबाट खटिएको टोलीले पोखराबाट २ जना र ललितपुरबाट १ जनालाई पक्राउ गरेको हो ।

सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते