सर्वोच्च अदालतद्वारा सरकारको निर्णय गैरकानूनी भन्दै कृषियोग्य जग्गाको कित्ताकाट रोक

सर्वोच्च अदालतद्वारा सरकारको निर्णय गैरकानूनी भन्दै कृषियोग्य जग्गाको कित्ताकाट रोक

Supreme_Court_Krishna_Khadka_4_PxJhAID4kU

काठमाडौं । सर्वोच्च अदालतले कृषियोग्य जमिनको कित्ताकाट तथा खण्डीकरण गर्ने सरकारको निर्णय गैरकानूनी भएको फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज सरकारको उक्त निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइ रिट जारी गर्दै सो फैसला सुनाएको हो ।

फैसलाको पूर्णपाठ आउन बाँकी छ । अधिवक्ता सन्तोष भण्डारीलगायतले कृषियोग्य जमीनको कित्ताकाट तथा खण्डीकरण गर्ने सरकारको निर्णय रोक्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा गत भदौ २८ गते रिट निवेदन दायर गरेका थिए ।गत असोज ८ गते सर्वोच्च अदालतले जग्गा खण्डीकरण गर्ने सरकारको निर्णयकोे सक्कल कागजात झिकाउने आदेश जारी गरेको थियो । अदालतले गत भदौ २९ गते कृषियोग्य जमीनको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ