एजेन्सी । बाहिरको चटपटा र अस्वस्थकर खाना खाने चलन जस्तै भइसकेको छ । यस्ता खाना मनलाई त मनपर्छ तर स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
त्यसैले शरीर रोगको घर बन्ने गर्छ । अब फोक्सोको कुरा गरौं । धेरैजसो जङ्क फुड जस्तै, मःम, समोसा, चाउचाउलगायतका खानेकुरा मैदाबाट बन्ने गर्छन् र यही मैदा फोक्सोका लागि विष समान हुन्छ ।
किनभने यो आन्द्रामा लामो समयसम्म टाँस्सिएर बस्ने गर्छन् जसका कारण सास फेर्न समस्या, पेट दुखाई, मोटोपनाजस्ता समस्या निम्तिने गर्छ । त्यसैले तपाईंले आफ्नो खानपिनमा विशेष ध्यान दिनुपर्छ ।
आज हामी तपाईंलाई यस्ता खानेकुराबारे जानकारी दिँदैछौं जुन फोक्सोका लागि निकै फाइदाजनक मानिन्छन् ।
स्याउः
स्याउ फोक्सोका लागि भिटामिन सी, इ र एन्टी अक्सिडेन्टले भरपुर एक उत्कृष्ट फल मानिन्छ । यसले फोक्सोलाई स्वस्थ राख्छ र सास फेर्ने समस्या हुनेहरुलाई पनि यसले फाइदा पुर्याउँछ ।
पानीः
पानीले पनि फोक्सोमा जलन हुन दिँदैन भने सुन्निएको छ भने कम राहत प्रदान गर्छ । त्यसैले दिनमा कम्तीमा ३ देखि ४ लिटर पानी पिउनुहोस् । यसबाहेक पानीले तपाईंको शरीरका विभिन्न समस्या पनि टाढा राख्ने गर्छ ।
लसुनः
लसुन फ्लेवोनोयड्स र ग्लूटाथियोन जस्ता गुणको त्यो भण्डार हो जसले फोक्सोलाई स्वस्थ बनाउन पूर्ण रुपमा सहयोग गर्छ । यसबाहेक लसुनले रगतलाई पातलो गर्ने काम पनि गर्छ । त्यसैले राती हल्काम तातो लसुन खानुहोस् ।
ओखरः
फोक्सोको स्वास्थ्यका लागि ओखरलाई एक राम्रो स्रोत मानिन्छ । किनभने यसमा ओमेगा–थ्री फ्याटी एसिड पाइन्छ जसले सास फेर्न समस्या भएको खण्डमा राहत प्रदान गर्छ भने अन्य समस्या पनि टाढा राख्छ । त्यसैले आफ्नो खानामा दैनिक ओखर समावेश गर्नुहोस् ।
अदुवाः
शरीरलाई डिटक्सिफाइ गर्न र फोक्सोबाट विषाक्त तत्व बाहिर निकाल्नका लागि अदुवा निकै फाइदाजनक छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ जसले फोक्सोलाई बलियो बनाउन सहयोगी भूमिका निर्वाह गर्छ ।
ब्रोकलीः
ब्रोकलीमा पाइने फोलेट, भिटामिन सी, क्यारोटिनोयड एवं फाइटोकेमिकल्सजस्ता तत्वले फोक्सोलाई बलियो राख्ने काम गर्छ । त्यसैले दैनिक ब्रोकली खानुपर्छ ।
सम्बन्धित खबर
पाठेघरको क्यान्सर विरूद्धको १५ दिने एचपीभी खोप अभियानको आज छैठौं दिन
स्याङ्जामा सत प्रतिशत किशोरीलाई एचपिभी खोप लगाइयो
स्याङ्जामा एचपिभी खोप अभियान सुरू, पहिलो दिन ४२ प्रतिशतले लगाए
एचपीभी खोपसम्बन्धी अभिमुखिकरण एवं अन्तरक्रिया गोष्ठी
स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत
स्वास्थ्य बीमा ऐन संशोधनः अब हरेक तहमा सेवाप्रदायक संस्था, बिमित रहेकै ठाउँमा सेवा लिन पाउने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो