विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या ! घरबाटै अपहरण

विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या ! घरबाटै अपहरण

pestol-750×375

File Photo

काठमाडौं – मोरङमा एकजना शिक्षकको गोली हानी हत्या भएको छ । मोरङ प्रहरीले दिएको जानकारी अनुसार निक्लाजुङ वडा नम्बर १ बर्खेका ५४ वर्षिय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या भएको हो ।

बिहान सवा ६ बजेतिर चार-पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएर लगेका थिए । घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर उनको हत्या भएको प्रहरीले जनाएको छ ।

हत्याको घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी परिचालन गरिएको छ । ईलाका प्रहरी कार्यालय उर्लाबारी, ईलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । शिक्षकको हत्या विप्लव समूहले किन गरेको भन्नेबारे केही खुलेको छैन ।

लामो जनयुद्ध अन्त्यपछि देशमा शान्ति कायम भएको बेला विप्लव समूह जनताको मन जित्नुपर्ने ठाउँमा जनताकै हत्यामा किन उत्रियो ? भन्दै अहिले सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds