काठमाडौं । नायिका श्वेता खड्काले बिवाह गरेकी छिन् । धनगढीका विजयन्द्रसिंह रावतसँग उनको बिवाह भएको हो । राजधानीको गोर्कर्ण रिसोर्टमा आयोजित एक कार्यक्रममा उनीहरुको बिवाह भएको हो ।
बिवाहमा दुबै परिवार निकटका सदस्य मात्र उपस्थित हुने बताईए पनि संचारकर्मी र शुभचिन्तकहरुको भिड थियो । उनीहरु केही समयदेखि प्रेममा रहेको बताइए पनि श्वेताले भने यो हल्ला मात्र भएको बताउँदै आएकी थिइन् ।
नायिका खड्काको यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते बिवाह भएको थियो । बिवाहको एक महिनापछि नै श्रेष्ठको निधन भएको थियो । त्यस यता उनी सामाजिक कार्यहरुमा सक्रिय हुँदै आएकी थिइन् । यससँगै उनले आफ्नो कलायात्रालाई पनि निरन्तरता दिइरहेकी छिन् ।
उनले सिन्धुपाल्चोकको झ्याँडीमा रहेको माझीवस्तीमा ५४ घरसहितको एकिकृत बस्ती निर्माण गरिसकेकी छिन् । भूकम्पले सबैभन्दा धेरै क्षति पुगेको सिन्धुपाल्चोक नायक श्रीकृष्णको गृहजिल्ला हो ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो बिवाहको बारेमा लामो स्टाटस लेखेकी थिइन् । कोरोनाका कारण विवाहमा सबै शुभचिन्तकहरुलाई बोलाउन नसकिएको उनले बताएकी छिन् ।
यस्तो छ स्टाटस:
अन्ततोगोत्वा: मैले सिउँदोमा सिन्दुर भरें, हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ ।
मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ ।
थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु ।म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु । अत : मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझावका साथै शुभ-आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।
तपाईकी उहि छोरी /चेली
श्वेता खड्का





सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की