पोखरा – सोमबार कास्कीका ५३ सहित गण्डकीमा थप ८८ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशानालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका ५२१ जनामा गरिएको परीक्षण मध्ये थप ८८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज थपिएका संक्रमित प्रदेशका ७ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ५३, तनहुँका ७, गोरखाका २, लमजुङका ७, नवलपुरका १५, स्याङ्गजाका ३ र पर्वत जिल्लाका १ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ७ सय ७४ पुगेको छ । जसमा सक्रिय संक्रमित ५ हजार १ सय २५ छन् । भने, होम आइसोलेसनमा बस्नेको संख्या ४ हजार ४२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा गण्डकीबाट ८१ जना कोरोनामुक्त भएका छन् । यो संगै, कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ हजार ४ सय ७८ पुगेको छ ।
सोमबार पनि कोरोना संक्रमणका कारण गण्डकीमा थप एक जनाको मृत्यु पुष्टि भएको छ । मृतक पर्वत जिल्ला फलेवास नगरपालिकाका ३८ वर्षीय पुरुष रहेका छन् ।
यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७१ पुगेको निर्देशनालयले जनाएको छ।
गण्डकीमा आइसीयु शैया र भेन्टिलेटरको अवस्था कस्तो छ ?

विस्तृतमा हेर्नुहोस् !

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला