पोखराको सराङकोटमा एक महिला मृत अवस्थामा फेला

पोखराको सराङकोटमा एक महिला मृत अवस्थामा फेला

death body

पोखरा – पोखराको सराङकोटमा एक महिला मृत फेला परेकी छन् ।

ओखलढुंगा जिल्ला वंखु गाउँपालिका -६ घर भई हाल पोखरा महानगरपालिका वडा नं -१८ सिम्ताल सराङकोटस्थित कृष्ण जीसीको कच्ची घरमा डेरा गरी बस्ने ५५ वर्षीया मन्जु राई बस्दै आएको घरभित्र सोमबार दिउँसो १२ :१५ बजे मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार मन्जुका श्रीमान हस्त बहादुर राई सोही स्थान आसपासमा ज्यामीको काम गर्दै आएका छन्।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धन शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ