नेत्रहीन संघ कास्कीको अध्यक्षमा श्रीकान्त सापकोटा

नेत्रहीन संघ कास्कीको अध्यक्षमा श्रीकान्त सापकोटा

Srikanta-Sapkota-PIC

नेत्रहीन संघ कास्कीको अध्यक्षमा श्रीकान्त सापकोटा चयन भएका छन् । संघको आईतबार पोखरामा सम्पन्न दशौँ अधिवेशन तथा २३ औँ वार्षिक साधारण सभाले सापकोटालाई अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा अमृत बराल, सचिवमा कुशलराज पौडेल, कोषाध्यक्षमा सम्राट गौतम र सहसचिवमा सुनिता ज्ञवालीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा अक्षय खड्गी, ज्योति पौडेल, हिता गुरुङ र तिलमाया वि।क। चयन भएका छन् ।

अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित ३ जना महिला सदस्य निर्विरोध चयन भएका हुन् । सहसचिव र खुला सदस्य पदका लागि भने मतदान भएको थियो ।

नवनिर्वाचित अध्यक्ष श्रीकान्त सापकोटाले संघलाई आगामी ३ वर्ष भित्रमा आन्तरिक व्यवस्थापन रोजगार र स्वरोजगार, सूचना प्रविधि, सशक्तिकरण, क्षमता अभिवृद्धि लगायतका क्रियाकलापलाई प्रभावकारी ढंगले अगाडि बढाउने बताए ।

नेपाल नेत्रहिन संघका केन्द्रिय सचिवालय सदस्य खोमराज शर्माको प्रमुख आतिथ्यता तथा कास्की नेत्रहिन संघका अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ