पोखरा – आइतबार कास्कीका ६५ सहित गण्डकीमा ९५ थप जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका ५३५ जनामा गरिएको परीक्षण मध्ये थप ९५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ७ जिल्लाका छन् । जसअन्तर्गत कास्कीमा ६५, तनहुँमा ९, गोरखामा १, लमजुङमा १, नवलपुरमा १४, स्याङ्गजामा ३ र म्याग्दी जिल्लाका २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ६ सय ९३ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या ५ हजार १ सय १९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ११२ जना कोरोना मुक्त भएका छन् । यो संगै, कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ हजार ४ सय ४ पुगेको छ ।
आइतबार पनि गण्डकीमा थप चार जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका -१७ निवासी ६६ वर्षीया महिला, लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका -११ का ४३ वर्षीया महिला, पोखरा -१७ का ३४ वर्षीय पुरुष र पोखरा -१ का ७५ वर्षीय वृद्ध रहेका छन् ।
आज थप भएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७० पुगेको निर्देशनालयले जनाएको छ ।


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु