सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा नआउने जानकारी दिए । आइतबार दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएका हुन्।
बैठकको सुरुमै सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीले पठाएको पत्र पढेर सुनाएका थिए। उक्त पत्रमा प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते बैठकमा पेश गरेको राजीतिक प्रतिवेदन फिर्ता नलिएसम्म बैठकमा उपस्थित नहुने ‘बटमलाइन’ उल्लेख गरेका छन्।
प्रचण्डले २८ कात्तिकमा पार्टी सचिवालयमा १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए, जसलाई ओलीले लान्छनापत्र भनेका छन् र, यसबारे पार्टीको कुनै पनि कमिटीमा छलफल गर्न नसकिने अडान लिएका छन् । तर १३ मंसिरको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावको जवाफका रुपमा ३७ पृष्ठको प्रस्ताव पेस गरेका थिए ।
ओलीको अडान विपरीत नेकपा सचिवालयको शनिबार बसेको बैठकले दुवै अध्यक्षको प्रस्तावमाथि स्थायी कमिटीमा छलफल गर्ने निर्णय गर्यो । सचिवालय बैठकमा ओलीले आफ्नो असहमति जनाएका थिए तर निर्णयमा नोट अफ डिसेन्ट भने लेखेका थिएनन् ।
‘आजको बैठकमा अर्का अध्यक्ष कमरेड केपी ओली उपस्थित हुनु भएन। उहाँको अनुपस्थितिको कारण देखाउँदै बैठकलाई सम्बोधन गरेर एउटा पत्र पठाउनु भएको छ’, बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘बैठकको प्रारम्भमै सचिवालय सदस्य कमरेड ईश्वर पोखरेलले उक्त पत्र वाचन गरेर स्थायी कमिटी बैठकलाई जानकारी गराउनुभयो। कमरेड ओलीले आफ्नो पूर्वमान्यता अर्थात् अध्यक्ष कमरेड प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने धारणा रहेको र त्यसकारण बैठकमा नआएको उल्लेख गर्नु भएको छ।’


सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो