धुर्मुस सुन्तली फाउन्डेसनको नमुना क्रिकेट मैदानमा गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता हुँदै

धुर्मुस सुन्तली फाउन्डेसनको नमुना क्रिकेट मैदानमा गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता हुँदै

cricket stadium (5)

चितवन । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमुना क्रिकेट मैदानमा मंसीरको अन्तिम साता गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।

मंसिर २७ गतेदेखि बागमती प्रदेश क्रिकेट संघले क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको हो। आयोजकका अनुसार राष्ट्रिय टिमका खेलाडीले पनि खेल्ने बताइएको प्रतियोगितामा कोरोना भाइरस महामारीका कारण स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गरिनेछ।

अहिले राष्ट्रिय टिमको क्याम्पमा बोलाइएका २७ खेलाडीलाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ। यस्तै, राष्ट्रिय टिममा खेलिसकेका र क्याम्पमा नपरेका यू १९ का प्रतिभाशाली खेलाडीहरु थप गरिने आयोजकको भनाइ छ। राष्ट्रिय टिमको प्रशिक्षक र कप्तानलाई बाँकी खेलाडी छनोट गर्ने जिम्मा दिइएको छ।

रंगशाला निर्माणको काम धमाधम भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ