पृथ्वीचोक बसपार्कस्थित सुवास होटलमा एक व्यक्ति मृत अवस्थामा फेला

पृथ्वीचोक बसपार्कस्थित सुवास होटलमा एक व्यक्ति मृत अवस्थामा फेला

dead_body_graphic_IDDO7oI7GM_2UNlSjdmCL

पोखरा – पोखराको पुरानो बसपार्कस्थित एक होटलमा एक व्यक्तिको शव फेला परेको छ ।

पोखरा महानगरपालिका -९ पृथ्वीचोक बसपार्कस्थित सुवास होटलमा मंसिर १३ गतेबाट बस्दै आएका एक पुरुष मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार होटलको इन्ट्रीबुकमा मुस्ताङ जिल्ला जोमसोम -६ ठेगाना टिपाएका वर्ष ४१ -४२ को मिन बहादुर गुरुङ आइतबार दिउँसो १ बजेको समयमा बसिरहेकै कोठा भित्र मृत अवस्थामा फेला परेका हुन् ।

मृत अवस्थामा मानिस भेटिएको भन्ने खबर लगत्तै वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ