कोरोना संक्रमणका कारण पोखराका ३४ वर्षीय पुरुष सहित थप तीनजनाको मृत्यु पुष्टि

कोरोना संक्रमणका कारण पोखराका ३४ वर्षीय पुरुष सहित थप तीनजनाको मृत्यु पुष्टि

death-by-corona

सांकेतिक तस्विर

पोखरा – कोरोना संक्रमणका कारण आइतबार गण्डकीमा थप तीनजनाको मृत्यु पुष्टि भएको छ  ।

स्वास्थ्य निर्देशनालयद्वारा आज जारि पहिलो विज्ञप्ति अनुसार कास्कीका दुई सहित गण्डकीमा थप तीनजनाको मृत्यु पुष्टि भएको हो ।

मृत्यु हुने मध्ये पोखरा महानगरपालिका -१७ निवासी ६६ वर्षीय महिला, लमजुङ बेशीशहर नगरपालिका -११ निवासी ४३ वर्षीय महिला र पोखरा -१७ का ३४ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् ।

आज थप भएका तीन मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६९ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ