‘मिस नेपाल वर्ल्ड २०२०’को विजेता बनिन् नम्रता श्रेष्ठ

‘मिस नेपाल वर्ल्ड २०२०’को विजेता बनिन् नम्रता श्रेष्ठ

namrata shrestha

काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छन्। आयोजक संस्था हिडेन ट्रेजरले नेपाल शनिवार काठमाडौंको पार्क भिलेज होटलमा आयोजना गरेको ग्रान्ड फिनालेमा उपाधि विजेता घोषणा गरिएको हो।

उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेकी श्रेष्ठ पेशाले किन्डर गार्डेनकी शिक्षिका समेत हुन्। अन्तिम राउन्डका ६ प्रतिस्पर्धालाई यस्तो प्रश्न गरिएको थियो ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ?’

सो प्रश्नमा नम्रताले आफ्नो आमालाई सम्झँदै नेपाली महिलाहरु सकारात्मक सोचले अघि बढ्ने गरेको भन्दै उनले त्यसकै आधारमा संसारलाई जिन्त सकिने बताएकी थिइन्।

यसैगरी यो बर्षको मिस नेपाल सुप्रानेसनल २०२० को ताज सिमल कनौजियाले पाएकी छन भने सन्ध्या शर्माले मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरेकी छन्।

त्यस्तै,मिस नेपाल अर्थ २०२० को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्। गत अप्रिलमा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण लकडाउन भएपछि रोकिएको थियो। सरकारको मापदण्डअनुरूप सुरक्षाविधि अपनाएर आयोजक संस्थाले प्रतियोगिता सम्पन्न गरेको छ।

यस वर्ष देशभरका १ सय ५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए, जसमध्ये १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका थिए।

उनीहरुमध्ये अन्तिममा एक जनालाई विजेता घोषणा गरिएको हो। यो मिस नेपालको २६ औं संस्करण हो। यस पटकको प्रतियोगिताका लागि काठमाडौंबाहिर पोखरा, चितवन र भैरहवासहित आठ सहरमा अडिसन लिइएको थियो।

यो वर्षकी विजेताले मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ