पोखरा – शनिबार कास्कीका ५९ सहित गण्डकीमा थप ११९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका ४७३ जनामा गरिएको परीक्षणमा थप ११९ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा जनाइएको छ ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीमा ५९, तनहुँमा ६, गोरखामा ७, लमजुङमा २१, स्याङ्गजामा १, पर्वतमा २, बाग्लुङमा १८, म्याग्दीमा ३ र मुस्ताङ जिल्लाका थप २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ५ सय ९८ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ४० छ भने, प्रदेशमा होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार ८ सय ६८ पुगेको छ ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट १ जना मात्र कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ हजार २ सय ९२ पुगेको छ ।
यस्तै शनिबार पनि गण्डकीमा थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । आज पुष्टि भएका संक्रमित पोखरा -१७ का ५७ वर्षीय पुरुष, पोखरा -११ की ७२ वर्षीया वृद्धा र पोखरा -१२ का ८० वर्षीय वृद्ध रहेका छन् ।
आज पुष्टि भएका तीन मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६६ पुगेको निर्देशनालयले जनाएको छ ।


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु