पौने ८ लाख जारी तिरेर अर्काकी श्रीमती भगाई तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ

पौने ८ लाख जारी तिरेर अर्काकी श्रीमती भगाई तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ

odadhechhe

सुर्खेत । सल्यानमा तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ परेका छन्। वनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई तेस्रो बिहे गरेका कारण पक्राउ परेका हुन् ।

उनले मंसिर १ गते (भाइटीकाको दिन) गाउँकै नोखिराम बोहराकी श्रीमती ग्वामी विष्ट (गौरी बोहोरा)लाई तेस्रो श्रीमतीका रुपमा भित्र्याएका थिए। वडाध्यक्ष कुमाइले तेस्रो श्रीमतिका पूर्व पति नोखिरामलाई जारीसमेत तिरिसकेका छन्। गाउँमा अहिले पनि अर्काकी श्रीमतीलाई विवाह गरेको खण्डमा जारी तिर्ने प्रचलन छ। कुमाइले घटनालाई लुकाउन पूर्वपतिलाई जारी स्वरुप तीन लाख ८० हजार र ऋण तिर्नको लागि तीन लाख ९५ हजार गरी कुल सात लाख ७६ हजार तिरिसकेका छन्।

तर, वडाध्यक्षले घरमा दुई वटी श्रीमती हुँदाहुँदै तेस्रो बिहे गरेको भन्दै केही स्थानीयले प्रहरी कार्यालयमा बहुविवाह गरेको कसुरमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत सल्यानबाट पक्राउ अनुमति लिई शुक्रबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

वडासहित तेस्रो श्रीमती गौरीलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। प्रक्राउ परेका दुबै जनालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए। बहुविवाह गर्ने दुबै जना ४५ वर्ष काटिसकेका छन्।

तेस्रो बिहे गर्ने वडाध्यक्षका चार छोराछोरी छन्। जसमध्ये पहिला श्रीमतीबाट दुई छोरी र दोस्रो श्रीमतीबाट दुई छोरा छन्। त्यस्तै वडाध्यक्षसँग दोस्रो विवाह गर्ने गौरीका चार छोरा र एक छोरी छिन्। जसमध्ये कान्छा छोराको बाहेक सबैको विवाह भइसकेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds