पोखरा । पोखरा महानगरपालिका २४ खड्गगाँउमा नेकपा परित्याग गरि एक दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
पोखरा २४ खड्गगाँउको समाजघरमा शुक्रबार आयोजित पार्टी प्रवेश समारोहमा नेपाली कांग्रेसका पूर्व सह सचिव तथा वर्तमान जिल्ला सदस्य भरत बहादुर अधिकारी र वडा इकाई सभापती प्रताप बहादुर कार्कीले नवप्रवेशी नेता तथा कार्यकर्तालाई अबिर टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
लामो समय नेकपामा सक्रिय देविका भण्डारी सुवेदीको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा सुवेदी सहित एन्जिला गौतम सुवेदी, विष्णु वि.क, सन्तु वि.क, टंक बहादुर भुजेल, विशाल शर्मा दाहाल, कुशल दाहाल, विशाल दाहाल, कृष्ण सुवेदी, प्रतिक्षा हमाल र राजु दाहाल लगायतका सक्रिय नेता कार्यकर्ता छन् ।
उनीहरुलाई पार्टी प्रवेशमा खड्गगाँउका कांग्रेस नेताहरु जिवनाथ दाहाल शर्मा र नरहरी दाहालको पहल गरेका थिए । नवप्रवेशी नेता कार्यकर्तालाई प्रमुख अतिथी भरत बहादुर अधिकारीले पार्टीको नीति, सिद्धान्त अनुसार सक्रिय भई कार्य गर्न आग्रह गरे । भ्रष्ट सरकारको पछिल्लो गतिविधी आम सर्वसाधरणलाई मन नपरेको कारण धेरै जनताहरु कांग्रेस प्रवेशको तयारीमा रहेको हुनाले आफुहरुले पनि सोही अनुसार योजना बनाएर अगाडी बढेको बताए ।
नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नम्बर २४ इकाई सभापति प्रताप बहादुर कार्कीले नव प्रवेशीहरुलाई स्वागत गर्दै कोही कसैको डर धम्कीमा नपरी काम गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी मनहरी सुवेदी, ट्रेड यूनियन कास्कीका उप सभापती तथा वडा इकाई सल्लाहकार डिल्लीराम भट्टराई, वडा इकाईका पूर्व सभापती तथा वर्तमान सल्लाहकार माधव शर्मा दाहाल, कास्कीकोट पोखरा सम्पर्क समितीका सचिव केशव दवाडी, समाजसेवी लाल बहादुर भुजेल, खड्गगाँउ टोल कार्य समितीका सभापती माधव दाहाल लगाएतले बोलेका थिए ।
नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नम्बर २४ इकाई सभापती प्रताप बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गंगा गिरीले गर्नुभएको थियो भने स्वागत चन्द्रश्वर बस्ताकोटीले गरेका थिए ।
शुक्रबार नै पोखरा महानगरपालिका २४ का विष्णु बहादुर वि.कलाई आर्थिक सहयोग पनि गरिएको थियो । ने.वि संघका नेता पशुपती भट्टराईको पहलमा बाढी पहिरो पिडित वि.कलाई वडा कमिटी मार्फत नगद १० हजार सहयोग गरिएको हो ।
पिडित वि.क.लाई नेपाली कांग्रेसका पूर्व सह सचिव तथा वर्तमान जिल्ला सदस्य भरत बहादुर अधिकारी र वडा इकाई सभापती प्रताव बहादुर कार्कीले रकम हस्तान्तरण गरका हुन् । वि.क. को घर तथा आँगन गत असार २७ गते आएको बाढी पहिरोले क्षति भएको थियो ।
सम्बन्धित खबर
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पिसिएमको ग्राजुएसन समारोह सम्पन्न
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो