पर्वत । स्याङ्जामा प्रहरीका लागि ‘आई लव यु बुढी, गुड नाइट’ भन्नुपर्ने अभियान एसपी होबिन्द्र बोगटीले सुरु गरेपछि भाइरल नै भयो । यस्तै, रोचक र सिर्जनशील अभियान पर्वतमा पनि सुरु हुँदैछ । पर्वतको एउटा गाउँपालिकामा ‘गाउँ फर्क प्याराप्यारी अभियान’ कार्यक्रम सञ्चालन हुने भएको छ ।
जिल्लाको महाशिला गाउँपालिकामा गाउँमा रोजगार सिर्जना गरेर सोही पेसामा आत्मनिर्भर बनाउने तथा कोरोनाले गाउँ फर्किएकाको अवस्थालाई मध्येनजर गर्दै ‘गाउँ फर्क प्याराप्यारी अभियान’ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले दिएको जानकारी अनुसार विदेशमा रहेकालाई गाउँमा नै फकाएर उद्यमी बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यो कार्यक्रम अन्तरगत उद्यम तथा कुनै व्यवसाय गर्न चाहनेका लागि ब्याजमा अनुदान समेत प्रदान गरिने अध्यक्ष पौडेलले बताएका छन् । उनका अनुसार यो कार्यक्रममा ३ वर्षभित्र विदेशबाट फर्किएर आएका युवायुवती समावेश हुन सक्ने छन् ।
कार्यक्रममा सहभागी हुन चाहने युवायुवतीले व्यसायको प्रस्तावना, पछिल्लो ३ वर्ष विदेशमा बसेर आएको खुल्ने कागजातका प्रतिलिपिहरु तथा ऋण दिने वित्तीय संस्थाको सहमतिपत्र, व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि लगायतका कागजात गाउँपालिकामा पेश गर्नुपर्ने अध्यक्ष पौडेलले जानकारी दिएका छन् । यी कागजात पेश गरेपछि गाउँपालिकाले ३ लाख को १२ प्रतिशतको दरले अधिकतम २ वर्षसम्मका लागि ब्याज रकम अनुदान दिने छ । कार्यक्रमका लागि आलु आवका लागि १० लाख विनियोजन भएको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाका अनुसार गाईभैंसी न्युनतम ३ वा सोभन्दा माथि, कुखुरा ५ सय वा सोभन्दा माथि, बंगुर ३० वा सोभन्दा माथि, फलफुल तथा तरकारी खेती ३ रोपनी (३ टनेल) वा सोभन्दा माथि सबैभन्दा धेरै भएकालाई प्रमुख प्राथमिकता दिइने छ ।
कार्यक्रममा सहभागी हुनका लागि सुचना प्रकाशित भएको १५ दिनभित्र निवेदन दिन गाउँपालिकाले आग्रह गरेको छ । – रासस
सम्बन्धित खबर
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो
लार्के पास जाने क्रममा बेलायती नागरिकको मृत्यु
प्रभु बैंकद्वारा ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
आजदेखि हेमजा आलु महोत्सव
आज देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर