सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुल्यो

सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुल्यो

licence

काठमाण्डौ – भौतिक पूर्वाधार विकास मन्त्रालय तथा त्यस अन्तर्गतका कार्यालयको माग बमोजिम सवारी चालक अनुमतिपत्रको आवेदन खोलिने हुँदा सो को जानकारीका लागि विभागले सम्बन्धित प्रदेशका यातायात कार्यालयहरुमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

विभागले यस्तो सुविधा सातै प्रदेशमा अनलाइनमार्फत् आवेदन खुलाएको जनाएको छ । जसका लागि इच्छुक आवेदकले सम्बन्धित प्रदेश मन्त्रालय र यातायात कार्यालयहरुमा सोझै सम्पर्क गरी आवेदन दिन सक्नेछन् ।

यसका लागि विभागले ७ वटै प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका सुचना अधिकृतसँग सम्पर्क गर्न सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds