काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली एक्लिए झैं भएका छन् । सचिवालयमा ९ जना मध्ये ओलीसहित उनको पक्षमा ३ जना छन् । तर हिजोको सचिवालय बैठकमा ईश्वर पोखरेल समेतले छलफल अघि बढाउन भनेपछि उनी झन् निरिह बने । महासचिव विष्णु पौडेल केही बोलेनन् । अरु नेताहरु प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा सबैले ओलीको आलोचना गरे । त्यसपछि ओली बैठकमै नजाने मुडमा छन् ।
मंगलबार भएको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र पुष्कपकमल दाहाल प्रचण्डबीच बाझाबाझको अवस्था सृजना भएको र अरु नेताले पनि प्रचण्डको पक्ष लिएपछि ओली अफ्ठ्यारोमा परे । त्यही अफ्ठ्यारो बढेपछि उनी बुधबारको बैठकमा उपस्थित हुनुको अर्थ छैन भन्दै बैठकबाट बाहिरिएका थिए।
बैठक आज बुधबार पुनः १ बजेका लागि बोलाइएको छ। आजका लागि बोलाइएको सचिवालय बैठकमा उपस्थित नहुने जनाएपछि नेकपा बैठकबारे अन्योल बढेको छ। ‘बुधबारको बैठकमा प्रधानमन्त्री जानुहुन्न। कार्य व्यस्तताका कारण बैठकमा बस्न नसक्ने जानकारी दिइसक्नु भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।
ओली प्रतिरक्षात्मक बनेकाले बुधबारको बैठकमा आफू नआउने जनाउ दिएका थिए। कार्तिक २८ मा अध्यक्ष प्रचण्ड र मंसिर १३ मा ओलीले पेश गरेका प्रतिवेदनमाथि छलफल गर्ने नगर्ने मै नेताहरुबीच भनाभनको अवस्था आएको थियो। बैठकको अध्यक्षता गरिरहेका प्रचण्डबाट एजेण्डा सुनेपछि बोलेका ओलीले प्रचण्डको प्रस्तावलाई लाञ्छनापत्र भन्दै फिर्ता भएमात्रै छलफल गर्न आफू तयार हुने बताएका थिए।
उनले भने, ‘लाञ्छना पत्र फिर्ता हुनुपर्छ, म त्यो लाञ्छना पत्र मान्दै मान्दिन र त्यसमा छलफल पनि हुन सक्दैन। बहुमत, अल्पमत र कमिटी पनि मान्दिन। तपाइहरुले पार्टी फुटाइसक्नुभएको छ, अब के को पार्टी एकता रु यो के को प्रस्ताव हो रु तपाइँहरुले लगाएका आरोपहरुको मैले जवाफ दिइसकेको छु । अब त्यसमा फेरि छलफल किन गर्ने यो हुनै सक्दैन।’ ओलीले यस्तो भनेपछि प्रचण्डसहितका बहुमत नेताले भने बैठकमा छलफल गर्नुपर्नेमा जोड दिएका थिए।
प्रचण्डले भने ओलीलाई आफूहरुलाई उत्तेजित पार्न खोजेपनि उत्तेजित नहुने भन्दै भनेका थिए, ‘कमरेड उत्तेजित नहुनुस् प्रस्तावमाथि छलफल सुरु भइसक्यो।’ तर प्रचण्डको भनाइ प्रतिवाद गर्दै ओलीले ‘कसरी छलफल हुनसक्छ रु’ अरु नेताले प्रचण्डका पक्षमा बोलेका थिए।
नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले प्रस्ताव कमिटीमा पेश भएर छलफलमा गइसकेको बताएका थिए। रामबहादुर थापा, इश्वर पोखरेलले पनि छलफल गर्नुपर्ने बताएका थिए।
सम्बन्धित खबर
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
कांग्रेसको निष्कर्ष: एमालेसँग कुनै समस्या छैन, सरकार चलाउन कुनै अफ्ठेरो छैन
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमण घटनाप्रति कांग्रेसको ध्यानाकर्षण
टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई बाँड्न अध्यादेश जारी भयो: मेयर बालेन
कांग्रेसका सबै मन्त्रीलाई बोलाइयो बूढानीलकण्ठ
सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी