पोखरा – मंगलबार कास्कीका ९३ सहित गण्डकीमा थप १२२ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका ५८७ जनामा गरिएको परीक्षण मध्ये थप १२२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज थपिएका संक्रमित प्रदेशका ८ जिल्लाका छन् । जसमा कास्कीमा ९३, तनहुँमा ८, गोरखामा १, नवलपुरमा ११, स्याङ्गजामा ४, पर्वतमा १, बाग्लुङमा ३, र म्याग्दी जिल्लाका १ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज पुष्टि भएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको संख्या १२ हजार १ सय ८० पुगेको छ ।
मंगलबार पनि गण्डकीबाट १३८ जना कोरोना मुक्त भएका छन् । यो संगै, कोरोनाबाट मुक्त हुनेको संख्या ७ हजार २ सय १० पुगेको छ ।
यस्तै आज पनि कोरोना संक्रमणका कारण गोरखा जिल्ला गोरखा नगरपालिका -६ निवासी ७५ वर्षीया वृद्धाको मृत्यु पुष्टि भएको छ । यो संगै, प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १६० पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम