कास्कीको मादी, अन्नपूर्ण र रुपा गाउँपालिमा सोमबार अस्पताल भवनको शिलान्यास गरिएको छ । नेपाल सरकारको देशका ३९६ स्थानीय तहमा अस्पताल बनाउने योजना अनुसार ती पालिकाले आ-आफ्नो क्षेत्रमा अस्पताल भवन निर्माणको शिलान्यास गरेका हुन् ।
रुपा गाउँपालिकाले १५ श्ययाको अस्पताल भवनको शिलान्यास गरेको छ । वडा नं ६ मा निर्माण गरिने अस्पतालको गाउँपालिका अध्यक्ष नवराज ओझाले शिलान्यास गरेका हुन् ।
हाल पाँच शैयाको सेवासहित सञ्चालित उक्त अस्पतालमा एक जना डाक्टर, ल्याब, भिडियो एक्सरे सेवा प्रबाह हुँदै आइरहेकामा श्यया विस्तारपछि थप जनशक्ति सहित स्वास्थय सुविधा प्रदान गरिने अध्यक्ष ओझाले जानकारी दिए ।
यसैगरी, अन्नपूर्ण गाउँपालिकाले वडा नं २ को ढिकुरपोखरीस्थित नागडाँडा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी सुविधासम्पन्न गरी १५ श्ययाको सुविधासम्पन्न अस्पताल बनाउने भएको छ । गाउँपालिका अध्यक्ष युवराज कुँबरले अस्पताल भवनको शिलान्यास गरे । १४ करोड २० लाख लागतमा तीन तलाको आरसिसि भवनमा अस्पताल सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

यसैगरी, मादी गाउँपालिकामा पनि १५ श्ययाको अस्पताल भवनको शिलान्यास गरिएको छ । मादी–७ को तल्लो छाचोक(खन्टारी)मा १० रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने अस्पतालको प्रतिनिधिसभाका सांसद एवं पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले शिलान्यास गरेका हुन् ।
अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट तीन करोड २३ लाख बजेटको अख्तियारी गाउँपालिकालाई आइसकेको र बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने सो अस्पतालका लागि रु १८ करोड ३२ लाख बजेट तय गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आकस्मिक कक्षको पनि शिलान्यास गरिएको छ । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले शिलान्यास गरेका हुन् ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो