पछिल्लो समय पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । लामो समयदेखि मुटुरोगी रहेका पारस आफ्नो स्वास्थ्यप्रति ध्यान नदिँदा समस्या बल्झेर गएको छ । उनी पछिल्लो समय गलेका छन् भने तौल पनि घटेको छ ।
४८ वर्षीय पारस गत साता चितवनमै रहँदा अस्वस्थ भएका थिए । नारायणगढस्थित सेन्ट्रल पाल्म होटलमा बसेका पूर्व युवराज पारस शाहको मुटुमा समस्या देखिएको थियो । सोमबार दिउँसो भैरहवाबाट आफै गाडी चलाएर नारायणगढ पुगेका पूर्वयुवराज शाहलाई बुधबार अपरान्ह देखि छाती दुख्ने समस्या भएको थियो । सो क्रममा चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीको टोली उनी बसेको होटलमा पुगेर स्वास्थ्य परीक्षण गरेको थियो ।
त्यसपछि पारस शुक्रबार नै पोखरा आइपुगेका छन् । आइतबार अपरान्ह ५ बजे उनी महेन्द्रपुल स्थित ओम हस्पिटल डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर पुगे । त्यहाँ डा. मुकुन्द आचार्यले उनको ईसीजी गरेर हेरे । डा. आचार्यले पूरानै रोग भएकाले मुख बार्न, नियमित औषधि सेवन गर्न र कमजोरी भएकाले जीवनजल खान भने । केही औषधि लेखिदिए ।
उनी चेकजाँच गरिरहँदा डा. आचार्यसँग खुलेर बोलेका थिए । आफूलाई गाह्रो भइरहेको उनले बताए । उनी यसअघि लामो समयसम्म काठमाडौंस्थित नर्भिक अस्पतालमा रहेर शल्यक्रिया गरेका थिए । ६ महिना अघि पनि नर्भिकमै गएर जाँच गरेको पारसका सहयोगीले बताए । ६ महिनादेखि उनको रगत जाँचहरु गरिएको छैन । रगत जाँच गर्न आवश्यक रहेको डा. आचार्यले सुझाएका थिए । एक जना पुरुष र एक जना महिलासहित पारस ओम हस्पिटल पुगेका थिए ।
यसअघि उनलाई पटक पटक मुटुमा समस्या हुँदै आएको छ । पूर्वयुवराज शाह शाह परिवारसँग बस्दैनन् । एक्लै बाहिर बस्ने भएकाले पनि उनको स्वास्थ्यमा समस्या हुँदै आएको छ ।
अब निरोगी हुनुहोस् भन्दा हाँस्दै जुत्ता बोक्दै निस्किए
पारस निस्कने बेला स्वास्थ्यलाई ध्यान दिन त्यहाँ उपस्थित युवाहरुले आग्रह गरेका थिए । ढोकामा जुत्ता लगाउने क्रममा त्यहाँका युवाहरुले ‘ल अब माहौल बन्दैछ, तपाईं निरोगी हुनुहोस्’ भन्दा ठूलो स्वरमा हाँस्दै जुत्ता नै बोकेर भ¥याङको सिंढीतिर झरे । त्यहाँ पनि उनले हाँसेरै टारे । त्यहाँबाट निस्केपछि उनी कारमा होटलतर्फ गए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो