पोखरा – सोमबार कास्कीका ४५ सहित गण्डकीमा थप ९१ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा आज जारी सातवटा विज्ञप्ति अनुसार गण्डकीका जम्मा २७५ जनामा गरिएको परीक्षण मध्ये थप ९१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ८ जिल्लाका छन् । जस अनुसार कास्कीको पोखरामा ४५ जना, तनहुँमा २ जना, गोरखामा १२ जना, नवलपुरमा ४ जना, स्याङ्गजामा ७ जना, बाग्लुङमा ८ जना, म्याग्दीमा १० र मुस्ताङ जिल्लाका थप ३ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ५८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा १६२ जना कोरोना मुक्त भएका छन् । यो संगै, गण्डकीमा कोरना संक्रमणलाई जितेर घर फर्किनेको संख्या ७ हजार ७२ पुगेको छ ।
सोमबार पनि गण्डकीमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु पुष्टि भएको छ । आज पुष्टि भएका मृतकमा कास्कीको पोखरा महानगरपालिका -३ निवासी ६५ वर्षीय वृद्ध, पोखरा -१६ निवासी ५७ वर्षीया महिला, पोखरा -१८ का ५१ वर्षीय पुरुष, स्याङ्गजा जिल्ला वालिङ नगरपालिका -१४ का ६७ वर्षीय वृद्ध र पोखरा -१३ निवासी ७८ वर्षीया वृद्धा रहेका छन् ।
माथी उल्लेखित मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५९ पुगेको निर्देशनालयका प्रमुख डा . विनोद विन्दु शर्माले जानकारी दिए ।
विस्तृतमा हेर्नुहोस् –







सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो