५ दिनदेखि बेपत्ता सुनसरीको दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ । घरदेखि करीब ५०० मिटर उत्तर अरुण वनस्पति उद्योगको परिसरको खाली जग्गामा उनको शव भेटिएको हो ।
नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारायण चौधरीका छोरा सुजन मंसिर १० गते साथीका घरमा जान्छु भनेर हिँडेका थिए । साँझसम्म घर नआएको र आफन्तकहाँ पनि नभेटिएपछि खोजतलासी गरिदिन इलाका प्रहरी कार्यालय दुहबीमा मंसिर ११ गते जाहेरी दिइएको थियो ।
उनी हराएको प्रहरीलाई जानकारी गराइएको ४ दिनपछि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । १२ कक्षामा इटहरीस्थित गोदावरी कलेजमा अध्यनरत उनको अपहरणपछि हत्या गरिएको हुनसक्ने प्रहरी उपरीक्षक कमल थापाले बताए ।
हत्या आरोपमा तीनजना पक्राउ
हत्याको आरोपमा तीनजना पक्राउ परेका छन् । सुजनलाई खोज्ने क्रममा प्रहरीको टोलीले स्थानीय २० वर्षीय सुमन झालाई पक्राउ गरेसँगै हत्याको घटना खुलेको हो । पक्राउ परेका झाले आफूले हत्या गरेको स्वीकारेसँगै शव फालेको स्थान देखाएका थिए ।
सुनसरी प्रहरी प्रमुख कमल थापाका अनुसार चौधरीसँगको सामान्य रिसइवीलाई लिएर हत्या भएको हो । हत्या भएलगत्तै घरबाट आएको फोनको जवाफमा झाले ‘तेरो छोरा अपहरणमा छ’ भनेर भनेका थिए । तर अपहरण नभइ हत्या पछि अपहरण भनिदिएको मात्र देखिएको सुनसरी प्रहरी प्रमुख कमल थापाले बताए ।

प्रहरीले घटनास्थलबाट मृतक सुरजको मोबाइल र अन्य समानहरु पनि बरामद गरेको छ । शव पोष्टमार्टका लागि धरानस्थित विपी प्रतिष्ठान धरानमा पठाइएको छ ।
सम्बन्धित खबर
काठमाडौँको तीनकुने घटनामा थप ६ जना पक्राउ
काठमाडौँ फेरि विश्वको प्रदूषित सहरको पहिलो नम्बरमा
लुम्बिनीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते
आज जनआन्दोलन दिवस मनाइँदै
देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
रवि लामिछाने भैरहवा कारागार चलान
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर