पोखरा – कोरोना संक्रमणका कारण सोमबार थप दुई जनाको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा आज जारी पहिलो अद्यावधिक विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकाका थप दुई संक्रमितको मृत्यु पुष्टि भएको हो ।
मृतक मध्ये पहिलो पोखरा महानगरपालिका वडा नं -३ निवासी ६५ वर्षीय पुरुष रहेका छन् ।
गत मंसिर ८ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका उनको आइतबार अपराहन्न ४:३३ बजे मृत्यु भएको निर्देशनालयले पुष्टि गरेको छ ।
यस्तै पोखरा महानगर पालिका -१६ निवासी ५७ वर्षीया संक्रमित महिलाको आज बिहान ४:०० बजे मृत्यु भएको छ । गत शुक्रबार कोरोना पोजेटिभ देखिएर उपचारका लागि चरक मेमोरियल अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको हो । मृतक महिलामा निमोनिया, सुगर लगायत मृगौलाको समस्या रहेको अस्पतालले जनाएको छ ।
यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५६ पुगेको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम