कास्कीका तीन गाउँपालिकासहित देशका ३९६ पालिकामा आज अस्पताल शिलान्यास हुँदै

कास्कीका तीन गाउँपालिकासहित देशका ३९६ पालिकामा आज अस्पताल शिलान्यास हुँदै

hospital

कास्कीमा तीन गाउँपालिका सहित देशका ३९६ पालिकामा आज एकैपटक अस्पताल भवनको शिलान्यास हुने भएको छ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ। कास्कीको रुपा,अन्नपूर्ण र मादी गाउँपालिका पनि अस्पताल भवनको शिलान्यासको कार्यक्रम तय गरिएको छ ।

माछापुच्छ्रे गाउँपालिकामा भने अस्पताल भवनका लागि जमिनको टुँगो नलागिसकेकाले पहिलो चरणमा शिलान्यासको कार्यक्रम छैन । सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार सातवटै प्रदेशमा ५० श्ययाको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ