पोखरामा ११ वर्षीया नावालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

पोखरामा ११ वर्षीया नावालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

Untitled

पोखरा – ११ वर्षीया नावालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा कास्की प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं -४ घर भई हाल पोखरा महानगरपालिका वडा नं -१६ लामाचौर बस्ने २९ वर्षीय दीपक भनेर चिनिने प्रकाश नेपाली रहेका छन् ।

प्रहरीका अनुसार फरक क्षमता (सुस्त मनस्थिती) भएकी उक्त नावालिकालाई घरमा कोही नभएको अवस्थामा डर, त्रास र ललाई फकाई जबर्जस्ती करणी गरेको सूचनाका आधारमा शनिबार प्रहरीले नेपालीलाई पक्राउ गरेको हो ।

पक्राउमा परेका उनीविरुद्ध जबर्जस्ती करणी कसूरमा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds