४८ वर्षपछि जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

४८ वर्षपछि जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

pakrau

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले ४८ वर्षपछी जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सहित १० जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको साबिक ढोरफिर्दी-१ का प्रतिवादी केशे दमै भन्ने बुधे दमै रहेको प्रहरी जनाएको छ ।

घरबाट पक्राउ गरी तनहुँ जिल्ला अदालत बुझाईएकोमा थुनामा गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।

दमै जबरजस्ती करणी मुद्दामा २०२९ पुष २३ गते तनहुँ जिल्ला अदालतको फैसलाले ६ वर्ष कैद सजाय भई फरार रहेका थिए ।

त्यसैगरी सवारि ज्यान मुद्दामा जरिवाना रहेका २ जना, चोरि मुद्दाका ४ जना, लिखत बेइज्जती मुद्दामा १ जना, जालसाची मुद्दामा २ जना समेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँ प्रहरीले पछिल्लो समय विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds