म्याग्दीको मंगला गाउँपालिका -२ मा जिप दुर्घटना, बालिकाको मृत्यु, २ जना गम्भीर घाइते

म्याग्दीको मंगला गाउँपालिका -२ मा जिप दुर्घटना, बालिकाको मृत्यु, २ जना गम्भीर घाइते

jeep

प्रतिनिधिमूलक तस्वीर

बेनी – म्याग्दीको मंगला गाउँपालिका -२ बाबियाचौर स्थित कच्ची सडकमा जिप दुर्घटना हुँदा जिपमा सवार १ जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान १० :५० बजे सोही गाउँपालिकाको लामपाटाबाट सल्यान तर्फ जाँदै गरेको प्र.२०३००१ च २५२ नंम्वरको बोलेरो जिप सडकबाट अन्दाजी ४०-५० मिटर तल खस्दा मंगला गाउँपालिका -२ बस्ने अन्दाजी १० -११  वर्षकी बालिका करिश्मा क्षेत्रीको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

यस्तै दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेहरु म्याग्दी मंगला गाउँपालिका -२ बस्ने वर्ष ४२ को चालक खोम बहादुर कटुवाल, सोही स्थान बस्ने अन्दाजी वर्ष ४० कि सुनिता क्षेत्री, अन्दाजी वर्ष ४५ कि सुकला के.सि, अन्दाजी वर्ष १० कि कृपा क्षेत्री र अन्दाजी वर्ष ३० का राजन जिसी रहेका छन् ।

घाइते मध्ये चालक खोम बहादुर कटुवाल र यात्रु सुनिता क्षेत्रीको अवस्था गम्भीर रहेको छ भने, अन्य सामान्य छन्  । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बेनी लगिएको छ ।

घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाका बिषयमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds