पोखरा हार्डवयर एसोसिएसनको अध्यक्षमा शेषकान्त ढकाल निर्वाचित भएका छन् । संस्थाको शनिबार भएको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनले ढकालनको नेतृत्वमा समिति चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष र सदस्यको बैठकले शनिबार नै पदाधिकारी तया जिम्मेवारी बाँडफाँट गरेको छ । उपाध्यक्षमा पृथ्वीराज तिमिल्सिना र अर्जुनबहादुर थापा, महासचिवमा कृष्णप्रसाद कोइराला, सचिवमा दिवसमान प्रधानांग र कोषाध्यक्षमा राजेन्द्र भण्डारी चयन भएका छन् ।
सदस्यमा क्रमश शंकर ओझा, प्रकाशचन्द्र घिमिरे, प्रतापराज पौडेल, रामेश्वर आचार्य, अमरबहादुर केसी निर्वाचित भए । पहिलो बैठकले सुलोस कुँवर, विनोद केसी र सन्दिप कुवरलाई सदस्यमा मनोनयन गरेको छ ।
संस्थाका अध्यक्ष कृष्णमुरारी आचार्य ‘वनमाली’ को अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष योग्रेन्द्र प्रधान प्रमुख अतिथि थिए । निर्वाचन अधिकृत अधिवक्ता सुकदेव गौतमले निर्वाचित टिमको घोषणा तथा पद र गोपनीयताको सपथ गराए ।
कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहाकार महेश पराजुली र प्रेमप्रसाद पौडेल, पूर्व अध्यक्ष अर्जुन बन्जरा, लेखनाथ हार्डवयर एसोसिएसनका निवर्तमान अध्यक्ष शैलेन्द्रमोहन भट्टराई लगायतले भनाइ राखे ।
सम्बन्धित खबर
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो