जेसीआई पोखरा नेपाल (पोखरा जेसिज) को सन् २०२१ का लागि अध्यक्षमा किरण केसी निर्विरोध चयन भएका छन् ।
पोखरामा लामो इतिहास बोकेको पूरानो मध्येको संस्था पोखरा जेसिजको ४१ औं अधिवेशन तथा ४६ औं बार्षिक साधारणसभाााले केसीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । जेसीजमा लामो समयदेखि सक्रिय केसी विभिन्न पदमा रहेर सफलतापूर्वक कार्यसम्पादन गरिसकेका छन् । उनी पोखराको ला ग्राण्डी कलेजका प्रिन्सिपल पनि हुन् ।

महासचिवमा भाइराज राना, कार्यकारिणी उपाध्यक्षमा सन्देश पराजुली, कानूनी सल्लाहकारमा देवराज शर्मा, कोषाध्यक्षमा कुशल पौडेल र सचिवमा प्रकाश घिमिरे चयन भएका छन् । ४ जना उपाध्यक्ष र ४ जना निर्देशक पनि चयन गरिएकाे छ । अन्य पदहरूमा समेत मनोनयन गरिएको छ । सल्लाहकारमा सन्तोष शाही मनोनित भएका छन् ।
अधिवेशन निर्देशक सन्तोष शाही, निर्वाचन आयुक्त शिव सुवेदी थिए । अधिवेशनको मूख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले शुक्रबार नै उद्घाटन गरेका थिए । शनिबार पोखरा ११ रानीपौवा पुरानो धारा स्थित रहेको संस्थाको सचिवालय भवनको पोखरा महानगरका मेयर मानबहादुर जिसीले उद्घाटन गरेका छन् ।
सम्बन्धित खबर
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो