गण्डकी प्रदेश सरकारले प्रदेशसभाबाट हालसम्म पारित कानूनहरुको सङ्ग्रह पुस्तकका रुपमा प्रकाशनमा ल्याएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले विभिन्न चार खण्डमा विभाजन गरी प्रकाशनमा ल्याएको चार वटा सङ्ग्रह पुस्तकको आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विमोचन गरे ।
गण्डकी प्रदेशसभा गठनपछि सभाबाट हालसम्म ४६ ऐन पारित भएकामा त्यसमध्य ४४ वटा पुस्तिकामा समावेश गरिएको छ । प्रदेशले पारित गरेका ऐन कानून स्थानीय तह, अदालत लगायतका कानूून कार्यान्वयन गर्ने एकाइहरुमा नपुग्दा प्रदेश कानूनका बारेमा ती निकायहरु बेखबर बन्ने अवस्था आउन नदिन सङ्ग्रह प्रकाशनमा ल्याइएको र सबै निकायहरुमा उपलव्ध गराइने मन्त्री चुमानले बताए ।
प्रदेशको एकल अधिकार सूचीमा रहेका कानून संविधानसँग नबाझिने गरी बनाउने गरिएको बताउँदै मन्त्री चुमानले भने, “ एकल अधिकार सूचीका कानून बनाउँदा संविधानसँग नबाझिने गरी बनाएका छौँ । कतिपय साझा अधिकार सूचीमा रहेका विषयमा सङ्घमा कानून नबन्दा प्रदेशलाई अप्ठ्यारो भएपनि सङ्घको मापदण्ड र आधार अनुसार कानून निर्माण गरेका छौँ ।”
मन्त्री चुमानले प्रदेश सरकारलाई आवश्यक पर्ने ऐन कानूनहरु निर्माण गरिसकेको बताउँदै कतिपय कार्यान्वयनको क्रममा संशोधन आवश्यक रहेको बताए । प्रदेश ऐन सङ्ग्रहको पहिलो खण्डमा प्रदेशस्तरका आयोग/निकाय, आन्तरिक प्रशासन, सुशासन, प्रदेश सभा, स्थानीय तह, शान्ति सुरक्षा, सञ्चार, न्याय प्रशासनसँग सम्वन्धित ऐनहरु समावेश छ ।
यसैगरी दोस्रो खण्डमा राजश्व, आर्थिक प्रशासन,यातायात,जलस्रोत उर्जा तथा भौतिक पूर्वाधारसँग सम्वन्धित कानून, तेस्रो खण्डमा उद्योग वाणिज्य,पर्यटन,वन वातावरण,विज्ञान प्रविधि,खाद्य,कृषि,सहकारी र भूमिसँग सम्वन्धित कानून छन् ।
चौथो खण्डमा शिक्षा,स्वास्थ्य,खेलकूद,महिला,बालबालिका,समाज कल्याण तथा संस्कृतिसँग सम्वन्धित विषय छन् ।
सम्बन्धित खबर
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो