पोखरा – कास्कीमा कारवाहीमा परेका सवारी चालकले अब बैंक मार्फत पनि जरिवाना भुक्तानी गर्न सक्ने भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र ग्लोबल आईएमई बैङक न्युरोड शाखाको संयुक्त पहलमा स्थापना भएको एक्सटेन्सन काउन्टरको आज एक कार्यक्रममा बीच उद्घाटन भई विधिवत रुपमा सञ्चालनमा ल्याइएको हो । काउन्टर सञ्चालनमा आएसंगै कास्की जिल्लामा ट्राफिक नियमको उल्लंघन गर्ने सवारी चालकले दाखिला गरेको जरिवाना रकम बैँकिङ् प्रणाली मार्फत सिधै राजस्वमा पुग्ने भएको छ ।
कारवाहिमा परेका सवारी चालकले जरिवाना रकम उल्लेखित रसिद लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तल्लो तलामा रहेको उक्त काउन्टरमा गई राजस्व दाखिला गराउनु पर्नेछ ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जिवन श्रेष्ठ , गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल र ग्लोबल आईएमई बैंक न्युरोड शाखाका प्रमुखले उक्त काउन्टरको सयुंक्तरुपमा उद्घाटन गर्नुभयो ।
उद्घाटन पश्चात कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जिवन श्रेष्ठले ट्राफिक प्रहरी पारर्दशिता एवं सुशासनको पक्षमा थप एक कदम माथी उठेको बताउदै यस्ता पहलहरुले आमनागरिकमा प्रहरीप्रतिको विश्वसनियतामा वृद्धि हुने बताउनुभयो ।
सम्बन्धित खबर
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
गण्डकी प्रदेश प्रमुखको स्वास्थ्य सुधारोन्मुख, भेटघाट बन्द
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द
गण्डकी प्रदेश प्रमुख भट्ट अस्वस्थ
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो