पोखरा – शुक्रबार कास्कीका ६९ सहित गण्डकीमा थप १३३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वस्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीमा ६१५ जनाको पीसीआर परीक्षण गरिएकोमा १३३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज थपिएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जसअनुसार कास्कीमा सबैभन्दा धेरै ६९ जना, तनहुँमा ६ जना, गोरखामा ९ जना, लमजुङमा २ जना, नवलपुरमा ९ जना, स्याङ्गजामा १९ जना, पर्वतमा ८ जना, बाग्लुङमा १० जना र म्याग्दी जिल्लाका १ जनाको रिपोर्ट पोजेटिभ देखिएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ६ सय ८६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा प्रदेशमा ११९ जना कोरोना मुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या ६ हजार ८ सय ५९ पुगेको छ ।
शुक्रबार पनि गण्डकीमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि भएका संक्रमित पोखरा महानगरपालिका -२ निवासी ५९ वर्षीय पुरुष, पोखरा -३२ का ६६ वर्षीया महिला, पोखरा -७ निवासी ७६ वर्षीया महिला र स्याङ्गजा जिल्ला अर्जुन चौपारी गाउँपालिका -२ घर भइ मणिपाल शिक्षण अस्पतालमा उपचाररत ५८ वर्षीया महिला रहेकी छन् ।
आज पुष्टि भएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४८ पुगेको निर्देशनालयका प्रमुख डा .विनोद विन्दु शर्माले जानकारी दिए ।
विस्तृतमा हेर्नुहोस् !







सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन