पोखरा – राम्रो काममा लगाइदिने भन्दै जबर्जस्ती यौन शोषण गराएको आरोपमा कास्की प्रहरीले एक होटल संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं -३ घर भइ हाल पोखरा महानगरपालिका -९ जाल्पारोडमा खाजाघर संचालन गर्दै आएका ३४ वर्षीय केशव भुजेल रहेका छन् ।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार भुजेलले विभिन्न प्रलोभनमा पारी आफ्नो खाजाघरमा राम्रो काममा लगाइदिने भन्दै एक युवतीलाई सुरुमा राम्रै व्यवहार देखाई वेटरको काम दिएका थिए । तर, काम शुरु गरेको २/३ दिनमै युवतीलाई डर धम्की देखाउँदै आउने ग्राहकहरुसंग जबर्जस्ती यौन सम्पर्कमा लगाउने तथा अन्यन्त्र समेत आफुले पैसा असुलेर यौन शोषण गराउंदै आएका थिए ।
भुजेलको उक्त कार्य विरुद्ध युवती आफैले जिल्ला प्रहरी कार्यालय कास्कीमा जबर्जस्ती यौन शोषण गरेको अभियोगमा जाहेरी दिएकी थिइन् । युवतीको जाहेरी लगत्तै प्रहरीले उनलाई सोही खाजा घरबाट बिहीबार पक्राउ गरेको थियो ।
हाल प्रहरीको नियन्त्रणमा रहेका भुजेल विरुद्ध मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट दश दिनको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो